लहानमा काग्रेसको चुनावी अभियान तिव्र

प्रकाशित समय 7:11:00 PM

लहान, २७ जेष्ठ । आउँदो असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसका उम्मेदवारहरुले लहान नगरपालिकामा चुनावी अभियानलाई तिव्र बनाएका छन् । उम्मेदवारहरुले आफ्नो विकासका मुद्दाहरुलाई आम नागरिकलाई सुनाउँदै मत मागिरहेका छन् ।
सोमवार वडा नम्बर १ का उम्मेदवार फागु चौधरीले घरदैलौ कार्यक्रम गरेका छन् । यस्तै, शनिवार वडा नम्बर ८ का उम्मेदवार श्याम साह (भोरे भोर)ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैला कार्यक्रममा कार्यकर्ताको उत्साह पुर्वक सहभागिता रहेको थियो । वडाका उम्मेदवारसँगै मेयर र उपमेयरका सिफारिस उम्मेदवारहरुले सहभागिता जनाएका छन् ।
केही दिन अगाडी काँग्रेस नगर समितिले २४ वटै वडामा मोटरसाइकल ¥याली प्रदर्शन गरेका थिए । त्यो भन्दा पहिले वडा–वडामा गएर कार्यकर्ता भेला सम्पन्न गरेका छन् । भेलामा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए ।
लहान नगरपालिका सिरहा क्षेत्र नम्बर १ मा पर्छ । यहाँ दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाको सबैभन्दा बढीसहित नेपाली काँग्रेसका सांसद पदम नारायण चौधरीले जितेका छन् । पछिल्लो पटक क्षेत्र नम्बर १ का सबै गाविसहरु लहान नगरपालिकामा गाभिएका छन् । लहानलाई काँग्रेसको राम्रो पकड भएको ठाउँ हो । निर्वाचित भएपछि साँसद चौधरीले लहान नगरमा उल्लेखनीय विकास कार्यहरु गरेका छन् ।
यसैबीच, नेपाली काँग्रेस सभापति तथा साँसद रामचन्द्रका अनुसार सिरहाको स्थानीय तहहरुमध्ये गोलबजार र मिर्चैया नगरपालिकामा मेयर र उपमेरको मात्रै टुङ्गो लागको छ । मिर्चैयाको मेयरमा सिताराम यादव र उपमेयर निर्जला देवी सिंह तथा गोलबजारमा मेयरमा राजदेव साह (लालबाबु), उपमेयरमा सिता श्रेष्ठलाई उम्मेदवारको रुपमा सारिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »