गच्छेदारले व्यक्त गरे प्रधानमन्त्री बन्ने इच्छा

प्रकाशित समय 7:44:00 PM

उदयपुर, २५ जेष्ठ । उपप्रधान तथा स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय गच्छेदारले विहीबार आफु प्रधानमन्त्रीको पदका लागि प्रतीक्षा गरिरहेको बताए । विहीबार थरुहट आन्दोलन नामक पुस्तक विमोचनमा बोल्दै उनले भने, ‘मन्त्री हुने अब रहर छैन । उप प्रधान मन्त्री पनि पुग्यो । अब प्रधानमन्त्रीका पद कुरेर बसेको छु ।’ आफु तेह्रौं चोटी नभइ पन्ध्रौ चोटी मन्त्री बनेको उल्लेख गर्दै उनले आफ्नो पाटीै नेपाल लोकतान्त्रिक फोरम चाँडै प्रधानमन्त्रीको पदमा पनि पुग्ने पनि दाबी गरे । संघीय चुनावसम्ममा उनको पार्टी थारु मधेशी लगायतका वर्गहरुको नेतृत्व गर्ने एक शक्तिको रुपमा उपस्थित हुने उनको भनाइ थियो ।
उनले आन्दोलन गर्नका लागि सडक र सदनले मात्र पुग्दैन बरु सरकारमा समेत गएर आफ्ना लागि महत्वपूर्ण निर्णहरु गर्नसक्नु पर्ने पनि बताए । पूर्व भूमि सधार मन्त्री डा गोपाल दहितले आफुले दश दिन सरकारमा बसेर पनि केही महत्वपूर्ण निर्णय गरेको उल्लेख गरे । पूर्व संस्कृति पर्यटन मन्त्री जितेन्द्र नारायण देवले पहिचानको लागि लड्नेहरुका लागि निर्णायक मोर्चा सडक नै भएको बताए ।
उक्त अवसर मा विमोचित मिनराज चौधरी द्वारा लिखित पुस्तक थरुहट आन्दोलन माग मुद्दा र उपलब्धी विशेष गरी थारुहरुले विभिन्न समयमा आफ्नो अधिकार र पहिचानका लागि गरेका संघर्षमा आधारित छ । पुस्तकका बारेमा बोल्दै लेखक युग पाठकले सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्ना आफ्नो भाषामा यस्ता आख्यानहरु लेखिरहनुपर्ने बताए । शोषण गर्ने र आफ्नो शासन आफै गर्न चाहनेहरुको बिचको युद्ध पृथ्वी नारायण शाहभन्दा अगाडि देखि नै शुरु भएको थियो । यो संघर्ष भइरहन्छ, उनले बताए । साथै थारु पत्रकार एवं लेखक कृष्णहरि सर्वहाराले उक्त पुस्तक राम्रो दस्तावेज भएको बताउँदै अगामी संंस्करणहरुमा यसलाई अझ पठनीय बनाउँदै लानुपर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »