अपहरणको २२ दिनपछि व्यवसायी मृत भेटिए, एक अझै बेपत्ता

प्रकाशित समय 8:22:00 PM
दाङ, १६ असार । दाङका व्यवसायी राजकुमार श्रेष्ठ अपहरणको २२ दिनपछि सल्यानमा मृत भेटिएका छन् । दाङका तुलसीपुर उपमहानगरपालिका–५ का ५३ वर्षका श्रेष्ठ छत्रेश्वरी गाउँपालिका ४ झिम्पे रेन्जेको जंगलमा मृत फेला परेका हुन् ।
अपहरणकारी पक्राउ परेपछि उनको शव फेला परेको राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए । श्रेष्ठसँगै अपहणमा गरेको घोराही हापुरका २८ वर्षका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेको थियो । उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नम्बरको गाडी पनि फेला परेको थियो ।
प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । श्रेष्ठ जेठ २६ गते राति अपहरणमा परेको थियो । हत्यामा संलग्न २ जना पक्राउ परेको र चार जना फरार भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »