
कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताउनुभयो ।
तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । सिफारिसभन्दा वाहेकका उमेदवार मान्दैनौ, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका कार्यकर्ताको जुलुस पुष्पलाल चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय नेताले सम्बोधन गरेका थिए ।
पार्टीको केन्द्रीय सर्कुलर वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरु वीच समझदारी बनेको थियो । चार जनामा जसलाई टिकट दिएपनि विवाद सिर्जना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद भएको हो ।
प्रदेश कमिटीको उक्त निर्णयसँगै स्थानीय कार्यकर्ताले सिफारिसमा परेका चार जनालाई घेरा हाली चार मध्ये १ जना सर्वसहमत नभएसम्म पार्टी कार्यालयबाट निस्कन नदिने भन्दै दुई घण्टासम्म पार्टी कार्यालय भित्रै थुनेका थिए । कार्यकर्ताको तिव्र विरोधका बाबजुद उनीहरुले प्रदेशको उक्त निर्णय नमान्ने र सामाजिक व्यक्तित्व पुर्व क्षेत्रीय कमिटी अध्यक्ष एवंम बुद्धीजीवि परिषद उदयपुरका अध्यक्ष कुमारसिंह कार्कीलाई सर्वसहमत उमेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा मेयरका आकांक्षी कालु लामाले बताउनुभयो ।
आफ्नै कार्यकर्ता पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि पार्टी शुभेच्छुक तथा मतदाताहरु अन्यौलमा देखिएका छन् । एमाले आन्तरिक विवादमा फसेको भन्दै विपक्षी पार्टी भने उत्साहित देखिएका छन् । एमाले भित्र विवाद चुलिदै जाँदा मतदाता आफ्नो पंक्षमा पार्ने योजनाकासाथ विपक्षी पार्टी लागेको देखिन्छन् ।
