घरमा सुतिरहेकी बालिका शनिबार राति चर्पी जान निस्किएका बेला दुईजना युवकले नजिकैको उखुबारीमा ३ घण्टा नियन्त्रणमा राखेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
उनीहरुले राति एक बजेदेखि नियन्त्रण लिएर बिहान ४ बजेतिर ती बालिकालाई छोडेको प्रहरीले जनाएको छ । बालिका बिहान पखमात्र वेहोशी अवस्थामा घरमा आइपुगेकी थिइन् । घरमा आउनासाथ आँगनमा बेहोस् भएर लडेकी उनको उपचार भइरहेको छ ।
स्थानीय बासिन्दाले घटना भएको थाहा पाउन साथ गाउँमै मिलाउने प्रयास गरेको थाहा पाएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । प्रहरीले घटनाको विषयमा जानकारी पाउना साथ बालिकालाई सुरक्षित स्थानमा उपचारको लागि पठाइएको जनाएको छ ।
घटनामा संलग्न युवकहरु फरार छन् । उनीहरुको खोजी भइरहेको गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।
