
जनकपुर धार्मिक पर्यटकीय नगरी रहेकाले संग्राहलय निर्माण पश्चात यस क्षेत्र प्राचिन पुरातात्वीक महत्वलाई दर्शाउने किसिमको कला, संस्कृति, भेषभुषा, प्राचिन बस्तु लगायतका मिथिलाको मौलिकतालाई उजागर गर्ने संग्राहलयको मुख्य उद्देश्य रहेको सभासद साहले बताए । जनकपुर जगत जननी माता सिताको जन्मभुमि रहेको हुनाले यहाँको पर्यटन व्यवसायको विकास गर्न अति आवश्यक रहेको बताउंदै सभासद साह भन्छिन ‘मिथिलाको इतिहासलाई कायम राख्नु पर्छ । यसका लागि मिथिलाको ईतिहासलाई उजागर गर्ने उद्देश्यको साथ संग्राहलय निर्माण सुरु गरिएको हो । कसरी जन्म भयो अन्ति समयसम्मको ऐतिहांसिक पृष्ठभूमि देखिने डकुमेन्ट तथा प्रमाणहरु संग्राहलयमा राखिनेछ ।’
मुलुकको विभिन्न स्थलमा नीजि क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरेको भएपनि जनकपुरका नीजि क्षेत्र निकै उदासिन रहेको कार्यक्रममा उपस्थित राजपाका नेता लालकिशोर साहले टिप्पणी गरे । राज्य प्रति आश्रीत हुँदा जनकपुरको धार्मिक पर्यटन क्षेत्र खासै विकास गर्न नसकेर ओझेलमा परेको साहको कथन छ ।
