आँखा स्पष्ट नदेख्ने ती पुरुष केही दिन पहिले मटिहानी बजारमा देखा परेको र बजारमै माँगी खाने तथा खुल्ला आकाशमुनि नै रातदिन बिताउँदै आएकोमा उनको हिजो साँझ गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । महोत्तरीमा प्रचण्ड घामका कारण अत्यधिक गर्मी थियो भने मटिहानी बजारमा पीरबाबाको मजारमा ठूलो मेला लागेका कारण थुप्रै मानिस आएका बेला सो व्यक्तिले गर्मी छल्ने ठाउँ नपाउँदा उनको मटिहानी बजारमै बेहोस भएर लड्दा मृत्यु भएको हो ।
