गत आइतबार साँझ औरही बजारबाट पसल बन्द गरी घर फर्कदै गरेकी व्युटिपार्लर व्यवसायी युवतीमाथि युवाहरुको एक समूहले सामूहिक बलात्कार गरेको थियो। दोषीलाई तत्काल कारबाही गर, शान्ति सुरक्षाको व्यवस्था गर, महिलामाथि हुने हत्या हिंसा बन्द गर जस्ता नारा लगाउँदै सडकमा उत्रिएका महिलाले दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै नारा लगाएका थिए।
देशभर यस्ता बलत्कार जस्तो जघन्य अपराधमा संलग्न हुने अपराधिले उन्मुक्ति पाउने गरेकाले आफूहरु त्यसको विरुद्धमा सडकमा उत्रिएको बर्दिवास व्युटिपार्लर संघकी अध्यक्ष ज्योति पोखरेलले बताइन्। पीडित युवतीको पीडा सम्पूर्ण महिलाहरुको पीडा भएकाले आफूहरु जुनकुनै हालतमा पीडितलाई न्याय दिलाएरै छोड्ने उनीहरुले बताए छन्। बलात्कारको आरोपमा आइतबार साँझ गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका औरही गाउँपालिका २ का २६ वर्षीय सुनिल साहमाथि जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर प्रहरीले जिल्ला अदात जलेश्वरबाट ७ दिनको म्याद लिई घटनाको अनुसन्धान सुरु गरेको छ।
अन्य चार जना युवालाई सामूहिक बालात्कार गरेको आरोपमा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दीपक पोखरेलले जानकारी दिए।
