
सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित मेरिगोल्ड अङ्गे्रजी आवासीय विद्यालय, धनगढी नगरपालिका–११ स्थित क्रियटिभ अङ्ग्रेजी आवासीय विद्यालय, लहान–२२ सिसबोनस्थित ज्वालामुखी इङ्लिस बोर्डिङ स्कुल र गोविन्द बाबा इङ्कलिस बोर्डिङ, लहान रेम्बो स्कुल र प्रिन्सन एकेडेमी स्कुलमा ताला लगाएर बन्द गराइएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिए ।
त्यसैगरी लहान स्रोत केन्द्रमा खटिएका विद्यालय निरीक्षक भवानी कटेल नेतृत्वको टोलीले लहान नगरपालिका–२२ स्थित न्यू शिशु निकेतन, लहान नगरपालिका–२३ स्थित एसएन गुरुकुल एजुकेशनल एकेडेमी र सरस्वती इङ्कलिस बोर्डिङ स्कुल विष्णुपुर र डिलान्ड एकेडेमी कसहा बन्द गराएको जिशिका सिरहाले जनाएको छ ।
टोलीले स्थानीय अभिभावकको रोहबरमा विद्यालय बन्द गराएको सिलबन्दी मुचुल्का सञ्चालकलाई थमाएको छ । यही शैक्षिकसत्रबाट सुरु गरेको ज्वालामुखी इङ्लिस बोर्डिङ स्कुलले कक्षा ५ सम्मको कक्षा सञ्चालन गरिरहेको छ । मेरिगोल्ड अङ्गे्रजी आवासीय विद्यालयले ५ कक्षासम्म, क्रियटिभ अङ्ग्रेजी आवासीय विद्यालयले ८ कक्षासम्म र गोविन्द बाबा इङ्लिस बोर्डिङ स्कुलले ७ कक्षासम्म पढाउने गरेका छन् ।
गत चैतमा शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा सिरहामा ३६ वटा निजी विद्यालय अनुमतिबिना सञ्चालनमा रहेको फेला परेको थियो ।
