साउदी अरबका एक अधिकारी भन्छन, ‘हामी आफ्नो छिमेकी मुलुक कतारसँगको सम्बन्ध समाप्त गर्दैछौं । उनीहरुले आतंकवादलाई हुर्कने वातावरण मिलाइरहेका छन् । साथै त्यहाँ मुश्लिम ब्रदरहुड, आइएसआइएस र अल कायदाजस्ता आतंककारी संगठन सक्रिय छन् । देशको राष्ट्रिय सुरक्षासँग कुनै सम्झौता गर्न सकिन्नँ ।’
साउदीले कतारसँग सबै कुटनीतिक र कन्सुलर सम्बन्ध तोडेको बताएको छ । साथै, कतारसँग जमिन, समुन्द्र र विमानमार्फत कुनै पनि सम्पर्क नगरिनेसमेत जानकारी दिएको छ । साउदीले भन्यो, ‘पछिल्लो केही वर्षमा कतारले थुप्रै नियम तोडेको छ ।’
अन्य देशले के भने ?
इजिप्टको परराष्ट्र मन्त्रालयले कतारलाई आतंकवादलाई समर्थन गर्ने देश बताएको छ । कतारका कारण सबै अरबलाई खतरा भएकाले इजिप्टले आफ्नो सबै पोट्र्स, एयरपोर्ट कतारका लागि बन्द गरेको बताएको छ । यस्तै, यूएईले पनि कतारसँगको सबै सम्बन्ध समाप्त गरेको बताएको छ ।
बहराइनको समाचार एजेन्सीका अनुसार सुरक्षामा खतरा भएकाले र देशमा स्थिरताका लागि कतारसँगको सम्बन्ध समाप्त गरिएको छ । बहराइनले आफ्नो देशमा बसिरहेका कतारका नागरिकलाई देश छोडेर जानका लागि १४ दिनको समय दिएको छ जबकी कतारी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोडेर जान आदेश दिएको छ । एजेन्सी
