करेन्ट लागेर एकको मृत्यु

प्रकाशित समय 5:15:00 PM
गोलबजार, २० जेष्ठ । सिरहाको नवराजपुर गाउँपालिका– २ मा शुक्रबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो । बिजुलीको तारमा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी झाझपट्टीले जनाएको छ ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »