‘चुनावको मिति नसार्ने हो भने भाग लिन सक्दैनौ’वार्ताको अन्त्यमा राजपाका नेताहरुले भन्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसहित सत्ता गठबन्धनका नेताहरुले चुनाव सार्न सम्भव नरहेको बताएपछि राजपाका नेताले चुनावमा भाग नलिने घोषणा गर्नु भएको हो ।
‘राष्ट्रिय मुद्दा सम्बोधन गर्न चुनावको मिति सार्नुपर्छ भन्ने राजपाका नेताहरुको प्रस्ताव थियो । सरकार र हाम्रो पार्टीले चुनावको मिति सार्न सम्भव छैन । प्राविधिक बिषय हल गर्न सकिन्छ भन्यौ’, वार्तामा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ‘चुनावको मिति सार्न सक्नु हुन्न भने हामी पनि निर्वाचनमा भाग लिन सक्दैनौ भनेर राजपाका नेताहरुले भन्नुभयो । बैठक यत्तिकैमा टुंगियो ।’
श्रेष्ठका अनुसार राजपाका नेतालाई मनाउने अन्तिम प्रयास स्वरुप शनिवार साँझ र आइतवार पनि पुन छलफल गर्ने समझदारी भएको छ ।
