यस्तै भोजपुर नपा–८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गरे । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको हो ।
यसैगरी भोजपुर नपा–७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गरे ।
त्यस्तै भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी भए । सो वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भयो । भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी भयो । उक्त वडामा एमालेको पूरै समूह विजयी भएको हो ।
