कमलेश यादब
राजनीतिक अतित्व समाप्त गर्ने अभिप्रायका साथ नेपाली काँग्रेसका तत्कालिन जिल्ला सभापति यादवको हत्या गरिएको तर जनताले हत्यारालाई कडा जवाफ दिँदै आफुलाई नेकाको तीन कार्यकालका लागि पार्टी जिल्ला सभापति बनाएको उनले स्मरण गराए ।
जनताकै चाहना र सहयोगको बलमा आफु पार्टीको केन्द्रिय कोषाध्यक्ष तथा शान्तिमन्त्री समेत भएको उनले थपिन् । नेपाली काँग्रेसको एक सच्चा सिपाहीलाई हत्या गरियो तर उसले बोकेको सच्चा विचारलाई कसैले रोक्न सकेन् त्यसको फलस्वरुप आफु जनताको साथ पाएर राजनीतिक उपलब्धी हासिल गर्न सफल हुँदै जनताका लागि विकासका विभिन्न प्याज ल्याएको दाबी गरिन् ।
कसैले एक पल्ट पाइला जमायो भने त्यससँग प्रतिस्प्रर्धा गर्न दशकौं लाग्न सक्ने भएकोले आसन्न स्थानीय निकायको निर्वाचनमा कडा परिश्रमका साथ नेपाली काँग्रेसलाई स्थापित गराउन जिल्लाका नेतृत्ववर्गसँग आग्रह गरिन् । पार्टीको हितमा आफुलाई जहाँ खोजे उपस्थित हुन तयार रहेको प्रतिबद्धता जनाइन् । मन्त्री पद त्याग्नु अघि द्धन्द्धपिडित परिवारका लागि ८ अर्ब ४४ करोड रकम निकास गराएको उनले बताइन् । उनका अनुसार मृतक, बेपत्ता, अंगभंग तथा अन्य गरी १५ हजार व्यक्तिले त्यो प्याज अन्तर्गत राहत पाउने छन् । द्धन्द्धपिति परिवारका सबै बालबालिकाको लागि शिक्षा आर्जन गर्न छात्रवृतिको व्यवस्था मिलाइएको दाबी गरिन् ।
कुनै एक व्यक्तिले चाहेर विकास नहुने दाबी गर्दै उनले सिरहा जिल्लाको विकासका लागि आएको कार्यक्रममा जिल्लाबासीले विषेश ध्यान दिनुपर्ने उनको धारणा थियो । भ्रष्टचार विरुद्धको भनाई चुनावी नारा नभएको प्रष्ट पार्दै उनले भने ‘चुनाव हार्नु र जित्नु आफ्नो ठाउँमा छ यो चुनावी कुरा हैन् । भ्रष्टाचार विरुद्ध गतिविधि गरिरहने छु ।’ देशका राजनीतिक तरलताका कारण प्रदेश नं.२ को स्थानीय निकायको निर्वाचन सरेको हुँदा यस बीचमा उम्मेदवारी घोषणा गरेका नेताहरुको जनताप्रतिको लगाव अवलोकन गर्न उनले सहभागीहरुसँग आग्रह गरे । जनताको साथमा नरह्ने त्यो कस्तो नेता ? उनले पर्दै गर्दै आउदो तीन महिना नेताको समय र कामलाई मुल्यांकन गरेर सही नेतृत्व चयन गर्न उनको आग्रह थियो
सभामा पार्टी जिल्ला सभापति रामचन्द्र यादव, नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाका सभापति राजदेव यादव, युवा नेता नरेश यादव, महेश चौधरी, जीवछी यादव लगायतले चन्द्रनारायण यादवले जनताको लागि गरेका योगदानबारे चर्चा गर्दै आ–आफ्नो विचार व्यक्त गरे । सभामा विभिन्न गाउँ तथा नगरका हजारौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।
स्मृति दिवसको अवसरमा फलफुल समेत वितरण गरेको थियो । नेपाली काँग्रेसका तत्कालिन जिल्ला सभापति यादवलाई २०५७ असार ५ मा अज्ञात हतियारधारी व्यक्तिहरुले गोली प्रहार गरेर हत्या गरेको थियो ।
