’राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नौतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयं घोषणा गर्न महासंघले पत्रकारहरूलाई आह्वान गरेको छ। यसबारे नीतिगत छलफल आगामी महाधिवेशनमा समेत हुने महासचिव उजीर मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् महासंघका दुई निर्णय
१. नेपाल पत्रकार महासंघका कुनै पनि तह (केन्द्र, प्रदेश, जिल्ला) कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासंघको विधानको अक्षर र भावना बमोजिम उम्मेदवार हुनु अघि महासंघको कार्य समितिबाट राजीनामा गर्नुहुन आग्रह छ। राजीनामा नगरी उम्मेदवार भएमा कार्य समितिको पद स्वतः रिक्त भएको मानिने छ।
२. महासंघ कार्य समितिमा रहेका बाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका व्यक्तिका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नौतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयं घोषणा गर्न महासंघ आह्वान गर्दछ। यस सन्दर्भमा नीतिगत छलफल आगामी महाधिवेशनमा समेत हुने केन्द्रीय समितिको विश्वास छ।
