गोलबजार, २८ जेष्ठ । सिरहाको धनगढीमाई नगरपालिका–२ भवानीपुरमा खाल्डोमा डुबेर शनिबार अपराह्न तीन वर्षीय बालकको मृत्यु भएको छ। घरमा खेल्दा खेल्दै आँगनको छेउमा रहेको खाल्डोमा डुबेर स्थानीय मोहमद रहमानका छोरा तीन वर्षीय मोहमद अमिरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। घरमा कोही नभएका बेला बालक खाल्डोमा डुबेको प्रहरीले जनाएको छ।