बटुवालाई जोगाउँदा प्रहरीको मृत्यु

प्रकाशित समय 10:28:00 AM
झापा, २३ जेष्ठ । मादक पदार्थ खाएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारी साधनको ठक्करले एक प्रहरी जवानको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवासको मृत्यु भएको हो। उनलाई गत जेष्ठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए। मादक पदार्थ खाएका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »