राजविराज हटियाको अतिक्रमण हटाउन युवाहरु सक्रिय

प्रकाशित समय 4:47:00 PM
राजविराज, २८ जेष्ठ । सरसफाई अभियान प्रारम्भ गरेको सप्तरी युथ नेपालका युवाहरुले सरसफाई सँगसँगै राजविराज हटियाको अतिक्रमण हटाउने कार्यलाई पनि तिब्रता दिएका छन् । ५० औं हप्ताको अभियानमा आफ्नो अभियानको ४०औं हप्तामा युवाहरुले राजविराज हटियाको अतिक्रमणलाई हटाएका छन् ।
युवाहरुले हटियाको मनिहारा लाइनमा गरिएको अतिक्रमण हटाएका हुन् । ट्याक्टर छिर्ने यो गल्लीमा चार÷पाँच जना पैदल हिंडेपछि पनि समस्या भइरहेको थियो । युवाहरुले अतिक्रमण हटाउन स्थानीय व्यापारीहरुलाई यसअघि आग्रह गरेपनि उनीहरुले मानेका थिएनन् । हटिया पुगेका युवाहरुले केहि समय दिएर नहटाइए जेसिबी लगाएर हटाउने चेतावनी दिएपछि व्यापारीहरुले धमाधम आफैं अतिक्रमण हटाएका हुन् ।
अहिले यो मनिहारा गल्लीबाट चार पाङ्रे जुनसुकै सबारीसाधन चल्ने भएको छ । यो गल्ली खुलाउन स्थानीय केहि व्यापारीहरुले समेत सहयोग गरेका छन् भने राजविराज नगरपालिकाले जेसिबी र ट्याक्टर सहयोग गरेको थियो । यसअघि पटक–पटक राजविराज नगरपालिकासहित धेरै निकायले अतिक्रमण हटाउने प्रयास गरेपनि सफलता प्राप्त हुन सकेको थिएन् ।
युवाहरुले यसअघि ३९औं हप्ताको सरसफाईका क्रममा हटियाको किराना लाइनको अतिक्रमण हटाएर बाटो फराकिलो बनाएका थिए । सो अभियानको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले उद्घाटन गरेका थिए । गत शनिवार राजविराजको गजेन्द्र चोकस्थित पार्कमा बृक्षारोपण गर्दै कट्वालले अभियानको उद्घाटन गरेका,थिए् । प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवालले सप्तरीका युवाहरुले थालेको अभियान सकारात्मक बाटोमा उन्मुख हुँदै गएको बताउँदै आफूहरुले हरेक सहयोग गर्न तयार भएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »