निर्माणाधिन टेलिफोन टावरबाट खस्दा कामदारको मृत्यु

प्रकाशित समय 5:44:00 PM
गोलबजार, ७ असार । सदरमुकाम सिरहास्थित नेपाल टेलिकम कार्यालयको परिसरमा निर्माणाधीन टावरबाट खसेर मंगलबार साँझ साढे ६ बजेतिर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका ७ का २६  वर्षीय रमेश चौधरी रहेका छन् । चौधरी निर्माणाधीन टावरको करिब २० मिटरमाथि काम गर्दा गर्दै चिप्लिएर खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । चौधरीलाई तत्काल करिब सात सय मिटर दक्षिण रहेको जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले बताए । दुहवी स्टील प्रालिले निर्माण गरिरहेको टेलिफोन टावरमा टाउमा हेलमेट नलगाई काम गरिरहेको टेलिकम  कार्यालयका प्रत्यक्षदर्शी एक कर्मचारीले बताए । उनले भने ‘ओभर कन्फिडेन्सका कारण हेलमेट समेत नलगाई काम गरिरहेका चौधरीको तल रहेको फलाममा टाउको ठोक्किएर मृत्यु भएको हो ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »