धान दिवस मनाइयो

प्रकाशित समय 6:21:00 PM

सप्तरी, १५ असार । ‘दुई बाली धानखेती विस्तार आर्थिक समृद्धिको आधार’ भने नारासहित विहीबार यहाँ धान दिवस मनाइएको छ । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको सो दिवसमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्थानीय बोदेबर्सानमा रोपाइँ गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शुभारम्भ गरेको सो कार्यक्रममा जिल्ला कृषि विकासका प्रमुख भगिरथ यादव, कोसी बाढी पीडित समाजका अध्यक्ष देवनारायण यादवलगायतले धानखेतीको विकास र विस्तारका विविध विषयमा आआफ्ना धारणा प्रस्तुत गरेको थियो ।
जिल्लामा वार्षिक ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । विभिन्न नहर, कुलो पैनी एवम स्यालो ट्युबेलबाट ४५ प्रतिशत धानखेतीमा सिँचाइ हँुदै आएको छ । बाँकी ५५ प्रतिशत आकासेको पानीको भरमा धानखेती हुने गरेको सो कार्यालयले जनाएको छ ।
दुई प्रतिशत धान रोपाइँ
असारको पन्ध्र अर्थात् विहीबार धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।
अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् । जेठ र असारको पहिलो सातामा अलिअलि वर्र्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताए ।  उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको अर्का कृषक हरिशङ्कर विश्वासले बताए । कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । साथै मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण भइ मर्मत नगरिएकाले यहाँका किसानले समयमै खेतमा पानी पटाउन नपाएको बताएका छन् गुनासो छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »