करेण्ट लागेर एकको मृत्यु

प्रकाशित समय 7:24:00 PM
गोलबजार, २६ जेष्ठ । सिरहाको गोलबजार नगरपलिका–१ मुक्सार बरडाँडामा बिहीबार राति करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। आफ्नै घरमा टेलिभिजनको तार जोड्ने क्रममा करेण्ट लागेर स्थानीय देवनारायण मोचीका छोरा १५ वर्षीय देवलाल राम गम्भीर घाइते भएका थिए। उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कर्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए। मृतक रामको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा रखिएको छ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »