मनोनयन फिर्ताको लागि तोकिएको विहान ८ बजेदेखि ११ बजेसम्मको समयमा एक प्रमुख, एक उपप्रमुख, दुई उपाध्यक्ष सहित २१ वडा अध्यक्ष, १४ सदस्य , ४ महिला सदस्य र १ दलित महिला सदस्य रहेका छन् । इनरुवा नगरपालिकामा विभिन्न पदकालागि उम्मेदवारी दर्ता गराएका १४ जनाले नाम फिर्ता लिएका छन् ।
नाम फिर्ता लिनेहरुमा कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै उपमेयर पदमा मनोनयन गर्दा गराएकी ज्योति सुब्बा, वडा नम्वर १ बाट स्वतन्त्र अध्यक्षको मनोनयन दर्ता गराएका लक्ष्मीप्रसाद हलुवाई, वडा ३ बाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका ऋषिराम सुवेदी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वडा नम्बर ३ को सदस्य पदमा मनोनयन दर्ता गराएका गुलाबचन मुसहर, ५ नम्वर वडा अध्यक्ष स्वतन्त्र तर्फ हिरालाल मण्डल, श्यामकुमार राय, रामनारायण चौधरी रहेका छन् ।
त्यसैगरी वडा नम्वर ५ बाटै सदस्यहरु राप्रपाका शम्भु मण्डल, गणेश मण्डल, फोरम लोकतान्त्रिकका कृष्णबहादुर थापा मगर र जितेन्द्रकुमार रायले नाम फिर्ता लिएका छन् । त्यसैगरी ५ कै महिला सदस्य फोरम लोकतान्त्रिककी सरस्वती मण्डल, इनरुवा नगरपालिका वडा ८ का वडा अध्यक्षमा राप्रपाबाट मनोनयन दर्ता गराएका विश्वनाथ मण्डल धानुक र वडा नम्वर ९ बाट स्वतन्त्रमा सदस्य पदका लागि मनोनयन दर्ता गराएका सत्यनारायण शर्माले नाम फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेससँगको असन्तुष्टि पश्चात मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी महेश्वरी न्यौपानेले भने मनोनयन फिर्ता लिइनन् । आफुलाई समेत नाम फिर्ता लिन कांगे्रस नेताहरुले आग्रह र आश्वासन दिएपनि नाम फिर्ता नलिई चुनावमा उभिएको न्यौपानेले बताइन् । उनले स्टिकोट चुनाव चिन्ह लिएको बताइन् ।
