अपहरण गरेको आशंकामा बालकसहित समातिए साधु

प्रकाशित समय 7:20:00 PM
गोलबजार, २७ जेष्ठ । सिरहाको धनगढीमाई नगरपालिका–१३ ढुङ्गाना टोलमा शंकास्पद अवस्थामा १२ वर्षीय बालकलाई लिएर हिंडिरहेका एक भारतीय साधुलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। भारतको मधुवनी जिल्ला सन्पटाहा कहरवा घर बताउने करिब ५५ वर्षीय साधु प्रितमलाल दासलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धनगढीमा बुझाएका हुन् ।
इलाका प्रहरी कार्यालय धनढीका प्रमुख प्रहरी नायव निरीक्षक उत्तम कार्कीका अनुसार भारतीय साधुसँग भारतको मधुवनी धनजैया पञ्चायत वडा नं. ५ घर भएका महेन्द्र यादवका छोरा बताउने करिब १२ वर्षीय रोशनकुमार यादव समेत रहेका छन्। साधु र बालकलाई धनगढीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।
‘गाउँमा घुम्दै जाँदा म पनि जान्छु भन्न थालेपछि सँगै लिएर आएको हुँ’ भारतीय साधुले बयानको क्रममा सुनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विपन्न परिवारका भनिएका बालकलाई साधुले जे उद्देश्यले सँगै लिएर हिँडेको भएपनि सम्भव भएसम्म आफन्त बोलाएर जिम्मा लगाइने छ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »