उनलाई चौध ट्याब्लेट लागूऔषध नाइट्रोसनसहित पक्राउ गरिएको हो । सिरहा चोहर्वा सडक खण्डमा स. ३ प २०९० नम्बरको मोटरसाईकल चढेर आइरहेका यादवलाई शंका लागेपछि रोकेर शरीर खानतलासी गर्दा नाइट्रोसन ट्याब्लेट बरामद भएकाले मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । उनलाई लागुऔषध ओसारपोसारअन्तर्गत मुद्दा चलाउने गरी सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको जनाइएको छ ।
