प्रमुख निर्वाचन आयुक्तलाई गृह जिल्ला मै कालो झण्डा, एमालेको कार्यक्रम विथोल्यो

प्रकाशित समय 4:31:00 PM


राजविराज, २८ जेष्ठ । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई गृह जिल्ला सप्तरी मै कालो झण्डा देखाइएको छ । मधेशको भावना विपरीत निर्वाचन गराउन खोजेको भन्दै यादवलाई कालो झण्डा देखाइएको हो । सप्तरीको सदरमुकाम राजविराजमा आयोजित निर्वाचन सम्बन्धी अन्तरक्रियामा भाग लिन पुगेका प्रमुख आयुक्त यादवलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएको हो ।
कडा सुरक्षाका बिच प्रमुख जिल्ला अधिकारीको निवासमा राखिएको अन्तरक्रियामा सहभागी हुन लागेका यादवलाई कालो झण्डासहित अवरोध गरिएको छ । कालो झण्डा देखाउने क्रममा प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएको हो । केही बेर अवस्था तनावग्रस्त भएपछि कडा सुरक्षाका बिच अन्तरक्रिया तोकिएको समयभन्दा ढिलो गरी सुरु भएको छ । बाहिर राजपाका कार्यकर्ताहरुले नारावाजी जारी राखेका छन् ।
यता नेकपा एमालेको निर्वाचन सम्बन्धी कार्यक्रमसमेत विथोलिएको छ । राजविराजको साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपाले विथोल्दै तोडफोड गर्नुका साथै एमालेको झण्डा र बाँडन राखिएको टिर्सट समेत जलाइएको राजपाका नेता दिपेन्द्र चौधरीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »