घरनजिकै रहेको पोखरीमा डुबेर फुलकुमार चौधरीकी ५ वर्षीया छोरी अनुराधाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । घरमा कोही नभएको समयमा खेल्न निस्किएकी बालिका साँझ ५ बजेतिर पोखरीमा डुबेपछि छिमेकीले तत्काल उद्धार गरी उपचारका लागि लगेका थिए ।
उपचारका लागि लग्ने क्रममा बाटैमा उनको मृत्यु भएको को स्थानीय हेमशंकर चौधरीले जानकारी दिए ।
