
बिराटनगरमा माओवादी र फोरम तथा एमाले र लोकतान्त्रिकले चुनावी तालमेल गरेका थिए । माओवादी र फोरमले हाटखोलामा संयुक्त सभाको आयोजना गरेका थिए । कार्यक्रम चलिरहँदा उखर्माउलो गर्मी थियो । तर, अन्त्यतिर वर्षा भएपछि कार्यक्रम नै खल्लो हुन पुगेको थियो ।
माओवादी महासचिव रामवादल थापा बादलले सम्वोधन गर्ने क्रममा पानी परेको थियो । उनले पानी पर्दापर्दै सम्वोधन टुंग्याए । उनीपछि फोरम अध्यक्ष उप्रेन्द्र यादवले पनि पानीको प्रवाह नगरी सम्वोधन गरेका थिए । तर, कार्यक्रममा सहभागीहरुलाई भने नेताको भाषण सुन्नु भन्दा ओत खोज्न हतारो थियो । पानी जमेपछि कार्यक्रम स्थल नै हिलाम्ये हुन पुगेको थियो ।

