भारतमा बस र ट्रक ठोक्कियोः २२ यात्रुको जलेर मृत्यु, १५ घाइते

प्रकाशित समय 10:44:00 AM
उत्तरप्रदेशको बरेलीमा ट्रक र बस एकआपसमा ठोक्किएका छन् । ठक्करपश्चात् बस र
ट्रक दुबैमा आगो लागेको छ । बसमा सवार २२ यात्रुको जलेर मृत्यु भएको छ । दुर्घटनामा १५ भन्दा बढि घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि ट्रकका ड्राइभर फरार छन् । घटना बरेलीको बिथरीचैनपुर एरियाको हो । जानकारीका अनुसार सोमबार बिहान २ बजे एनएच–२४ माथि गोन्डा डिपोको बस दिल्लीबाट आइरहेको थियो ।
स्रोतका अनुसार बस गलत साइडमा थियो जसका कारण लखनउबाट आइरहेको ट्रकसँग ठोक्कियो । ठोक्किएलगत्तै बसको डिजेल ट्यांकी फुट्यो जसका कारण त्यसमा आगो लाग्यो । आगो ट्रकमा पनि सल्कियो । दुर्घटना भएको करिब चारघण्टा पछि मृतकलाई बाहिर निकालिएको छ । आगोमा शरिर यति धेरै डढेको छ कि अहिलेसम्म कसैको पनि सनाखत हुन सकेको छैन ।
बसको पछाडिको ढोका खोलिएको भए धेरैको ज्यान बच्थ्योः
जानकारीका अनुसार दुर्घटनापछि बस पछाडिको ढोका खोलिएको थिएन । यदि खोलिएको भए सायद धेरैको ज्यान बच्न सक्थ्यो । एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »