तिलाठीमा बाढीले बाध फुटायो, ३५ घर डुबानमा

प्रकाशित समय 7:20:00 PM
राजविराज, २७ जेष्ठ । खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी–कोइलाडी गाउँपालिका डुबानमा परेको छ। चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज–कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो। बाढीले उक्त गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो।
को.१ प ६८७२ नम्बरको मोटरसाइकलमा कुनौली बजारबाट राजबिराजतर्फ आउँदै गरेका राजबिराज नगरपालिका–८ बस्ने २५ वर्षीय रामचन्द्र दासलाई तिलाठी कैलाडी गाउँपालिका–१ स्थित खाडो खोलामा शनिबार आएको बाढीले मोटरसाइकल सहित बगाएकोमा प्रहरी चौकी तिलाठीबाट खटेको प्रहरी टोलीले दासको सकुसल उद्धार गरेको छ । उक्त मोटरसाइकल फेला नपरेकोले खोजी कार्य भइरहेको छ । साथै उक्त बाढीले सोही ठाउँस्थित ५० मिटर बाँध समेत भत्काएर क्षति पु¥याएको छ ।




सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »