गोठमा आगलागी हुँदा आठ चौपाया मरे, दुई लाखको क्षति

प्रकाशित समय 10:33:00 AM
गोलबजार, २२ जेष्ठ । सिरहाको लहान नगरपालिका १४ बस्तीपुरमा आइतबार राति भएको आगलागीमा आठ चौपाया जलेर मरेका छन्। आगलागीमा मानवीय क्षति नभए पनि करिब दुई लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय प्रमोद यादवको गाईवस्तु बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुर (पत्करको आगो) बाट मध्यरातमा आगलागी भएको प्रहरी चौकी बस्तीपुरले जनाएको छ। मध्यरातमा सबैजना सुतेको समयमा भएको आगलागीमा बस्तुभाउ कराउन थालेपछि मात्र थाहा पाएलगत्तै उठ्दा आगो दन्किरहेकाले वस्तुभाउ खोल्न नभ्याएको यादवले बताए।
आगलागी प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको स्थानीय विजय यादवले जानकारी दिए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »