जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम रानामगरका अनुसार रातो कपडाले बेरेको शंकास्पद् वस्तु देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । त्यसरी भेटिएको शंकास्पद् वस्तु सुतली बम भएको शंकामा नेपाली सेनाको टोलीलाई बोलाइ डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको भनाइ छ । ‘किन कसले बम राखेको भन्ने बारेमा अनुसन्धान सुरु गरिएको छ,’ डिएसपी मगरले भने, ‘चुनावमा तसाउनको लागि पनि राखिएको हुनुपर्छ ।’
