इटहरी, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई भोट दिनु भनेको बाँदरका हातमा नरिवल दिनु जस्तै भएको भन्दै चुनावी सभामा भाषण गरेको छ ।

अब कसैले चाहेर पनि नाकाबन्दी गर्न नसक्ने उनले दावी गरे । आफ्नो नेतृत्वको सरकारले उत्तरतिर पनि बाटो खोलेको हुनाले अब देशमा कहिल्यै नाकाबन्दी हुन नसक्ने उनको भनाई थियो । उनले केही वर्षभित्र किमान्थांकाबाट चारलेनको बाटोे धरान जोडिने र आर्थिक वृद्धिमा टेवा पुर्याउने दावी गरे ।
पौराणिक कालका पर्शुराम र रामको उदाहरण दिँदै अध्यक्ष ओलीले अब पर्शुरामले जस्तो कांग्रेसले खिया लागेको बन्चरो बोकेर नहिँडे हुने बताए । उनले अब एमालेको जमाना आइसकेको दावी गरे ।
