माओवादी -यालीमा बम बिस्फोट हुँदा सात घाइते

प्रकाशित समय 10:16:00 AM


नवलपरासी, ११ असार । नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको ¥यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फेट गराउँदा चालक सहित ७ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई लुम्बिनी अंचल अस्पताल लगिएको प्रहरीले बताएको छ ।
बसका चालक बर्दघाट चिसापानीका नरबहादुर बिकको पिठ्युँमा छर्ररा लागेको छ । यस्तै १४ वर्षका श्रीकान्त केबटको दायाँ छातीमा छर्ररा लागेको छ । अन्य ४ जनालाई प्रहरीले लुम्बिनी अंचल अस्पताल बुटवल पठाएको जानकारी दिएको छ । एकजनाको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
चुनाव प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडीमा चुनावी ¥याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिबाट सुनवल तफर्् कार्यकर्ता र मतदाता बोकेर हिँडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा अज्ञात समूहले पुल छेउको ढुंगामा लुकाएर राखेको बम बिस्फेट भएको हो । पुलको छेउमा राखिएको बम बिस्फेट भएर लु १ ख ६७७३ नम्बरको बसमा लाग्दा यात्रु घाइते भएको प्रहरीले जनायो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको पनि  प्रहरीले जनाएको छ ।















सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »