
आत्महत्या गर्नेहरुमध्ये झुन्डिनेको संख्या बढी रहेको छ । चालु आ.व.को जेठ मसान्तसम्म ३७ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने त्य
सपछि विष सेवन गरी आत्महत्या गर्नेको संख्या २६ जना रहेको छ । त्यसैगरी, आफ्नै शरीरमा आगो लगाई आत्महत्या गर्नेहरु चार जना रहेको जिल्ला प्रहरी कार्यालयको जघन्य अपराध अन्तर्गतको तथ्याङ्कमा उल्लेख छ ।
किन गर्छन् आत्महत्या?
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार जीवनबाट निराश हुने विभिन्न कारणमध्ये मानसिक तनाव र समस्यासँग समाना गर्न नसक्नेहरु आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्छन् । पारिवारिक र व्यक्तिगत सम्बन्धमा दरार आउनु, अत्यन्त मन मिल्नेसँगका अकस्मात मनमुटाव, सामाजिक र पारिवारिक दबाब, लेनदेन लगायतका कारणले आत्महत्या गर्नेहरुको संख्या बढेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । सिरहाका विभिन्न ठाउँमा पछिल्लो आ.व. २०७२÷०७३ मा जिल्लामा ५५ वटा र आ.व. २०७१÷०७२ मा ५० वटा आत्माहत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आत्महत्या गर्नेहरुको उमेर समूह नखुलाइएको भएपनि अधिकांश १८ वर्षदेखि मुस्किलले ५० वर्षसम्मको रहेको प्रहरीले जनाएको छ ।
