बालवालिकालाई आधारभूत पत्रकारीता तालिम

प्रकाशित समय 7:13:00 PM
गोलबजार, १० आसार । गोलबजार नगर क्षेत्रका सवै बालवालिकाहरु सक्षम बनुपर्छ भन्ने आफ्नो चाहाना रहेको नेपाल पत्रकार महासंघको जिल्ला उपाध्यक्ष रामबाबु यादबले व्यक्त गरेका छन् । मार्गानुगामी राष्ट्रिय दैनिक पत्रिकाको आयोजना र गोलबजार नगरपालिकाको सहयोगमा संचालित आधारभुत पत्रकारिता तालिमको शनिवार उद्घाटन मन्तव्यको क्रममा अझैपनि बालबालिकाको सवालमा उनीहरुको अभिभावक र आफन्तले निर्णय लिन परिपाटी रहेको भन्दै यस्ता खालका तालिम÷प्रशिक्षणहरुले बालबालिकाको आन्तरिक क्षमताको विकास हुने बताए ।
उनले यो पत्रकारिता तालिमले बालबालिकामा रहेको आन्तरिक क्षमता प्रस्फूटन हुने भन्दै उनीहरुको लेख्ने र नेतृत्व क्षमताको विकास हुने जनाए । उपाध्यक्ष यादबले यो तालिमप्राप्त पछि आफूले बालबालिकाकै नेतृत्वमा नगरक्षेत्रमा कम्तिमा एउटा बाल पत्रिका प्रकाशनको अपेक्ष गरेको पनि सुनाए ।
त्यसमा नमुनाको रुपमा काम गर्ने बाल समूहहरुलाई नगरपालीकाले प्रोत्साहन गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । मन्तव्यकै क्रममा यादबले सवै यही तालिमले भोलीका दिनमा पत्रकारीता क्षेत्रमा प्रवेश गर्न चाहने बालबालिकाको लागि पनि अवसर हुने बताए ।
कार्यक्रममा मार्गानुगामी राष्ट्रिय दैनिकका सम्पादक कमलेश यादबले यो तालिमबाट बालबालिकाहरले आफ्नो समाजमा र बालबालिकामा हुने विभिद तथा घटनाहरुको वारेमा उजागर गर्ने क्षमताको विकास हुने बताए ।
उद्घाटन मन्तव्यककै स्थानीय पत्रकार मुकेश यादबले पत्रकारिता विषय गहन भएको भन्दै यसलाई सही उपयोग गर्न सके यसले समाज परिवर्तमा महत्व पूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले पत्रकारिता समाजको ऐना भएको भन्दै घटना जे हो त्यो जस्ताको तस्तै बाहिरल्याउनु पत्रकारको धर्म भएको जनाए ।
सोही क्रममा सहभागीको तर्फबाट नगरस्तरी बाल संजालका अध्यक्ष सुस्मिता भारतीले यो तालिमले हामीजस्ता बालबालिकालाई आफ्नो अधिकार र कर्तव्यको वारे उजागर गर्न सिकाउने आशालिएको बताए । नेपाल पत्रकार महासंघको जिल्ला उपाध्यक्ष रामबाबु यादबको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा नगरका १२ वडाका वडास्तरीय बाल संचालका २६ जना प्रतिनीधिहरुको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »