राम नारायण पंडित
गोलबजार, १६ असार । मिर्चैयामा विहीबार राति अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । मिर्चैया ५ थाना चौकमा छोटु पान पसल संचालन गर्दै आएका शिबनन्दन साहको स २ प ९५९९ नंम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ ।
राति पसल बन्द गरि पसलको छेउमा मोटरसाईकल राखिएको अबस्थामा अज्ञात व्यक्तिहरुले आगजनी गरेको पिडित साहले बताएको छ । आपसी रिसिबीको कारणले मोटरसाइकलमा आगजनी गरिएको हुन सक्ने पिडित साहको भनाई रहेको छ ।

