निःशुल्क स्वास्थ परीक्षणबाट आधा दर्जन गाँउका सेवाग्राहीहरु लाभान्वीत

प्रकाशित समय 4:55:00 PM
रोहित कुमार मण्डल
सप्तरी, ६ असार । सप्तरीको सुरु· नगर पालिका ६ कुशहा स्थित रहेको वडा कार्यालयमा मंगलबार एक दिने नि ः शुल्क स्वास्थ परिक्षण शिविर सम्मपन भएको छ । महिला संजाल कुशहा सप्तरीको आयोजना र बिराट मेडिकल कलेज शिक्षण अस्पताल टंकीसिनुवारी २ मोर·को सहयोगमा भएको सो एक दिने निः शुल्क स्वास्थ परिक्षण शिविरमा हरिपुर, मलहनमा, श्रीपुर, कदमाहा, मधुपट्टि, मल्हनियाँ, धाती, बसानपटि, पोखरीया लगायत गाँउका करिब तिन हजार सेवाग्राहीले निः शुल्क स्वास्थ परिक्षण तथा उपचार गराएको आयोजक महिला संजाल कुशहा सप्तरीका अध्यक्ष सर्मिला चौधरीले जानकारी दिए ।
सो एक दिने निः शुल्क स्वास्थ परिक्षणमा बिराट मेडिकल कलेज शिक्षण अस्पताल टंकीसिनुवारी २ मोर·का वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अमित देव, वरिष्ट हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुनिल देव, वरिष्ट बाल रोग विशेषज्ञ डाक्टर अखिलेश तार्माकार, जेनरल फिजिसियन डाक्टर सोनालिका पञ्चरिया, वरिष्ट नाक कान घाँटी विशेषज्ञ डाक्टर शत्रुधन सिंह लगायतका विशेषज्ञ डाक्टरहरुद्धारा सेवाग्राहीहरुलाई नि ः शुल्क स्वास्थ परिक्षण तथा औषधी प्रदान गरेको संजालका अर्का महिला नेतृ देवकी चौधरीले जानकारी दिइन ।
सेवाग्राहीहरुको चाप अत्यधिक भएपछि स्त्री तथा प्रसुति रोगको स्वास्थ परिक्षण तथा हाड जोर्नी तथा नाशा रोगको उपचार कुशहामै रहेको मोडेल हेल्थ केयर पोलिकिल्निक प्रा.लीमा  बिराट मेडिकल कलेज शिक्षण अस्पताल टंकीसिनुवारी २ मोर·का विशेषज्ञ डाक्टरहरु अमित देव र सुनिल देवले स्वास्थ परिक्षण गरेको समाजसेवी दिलीप पासवानले बताए । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सेवाग्राहीको चाप बढेपछि लाम लगाँउन हम्मे हम्मे परेका थिए । कार्यक्रमको सुरुवात विधिवत वडा कार्यालय कुशहाका वडा सचिव राम प्रसाद आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »