शून्य मतदान

प्रकाशित समय 6:17:00 PM
सोलुखुम्बु, १४ असार । जिल्लाको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा बुधबार शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोध स्वरुप मतदान गरेका छैनन् ।
नेचासल्यान–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
नेचासल्यान गाउँपालिका–६ तिङ्लामा दुई हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिएको छैन् । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिए । स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरूको बाध्यता भएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »