अत्याधुनिक अमेरिकन पेस्तोलसहित पक्राउ

प्रकाशित समय 10:36:00 AM
सप्तरी, २२ जेष्ठ । सप्तरीको बोदेबर्साइन नगरपालिका १४ स्थित नेगडा गाउँबाट प्रहरीले आइतबार राति ११ बजे अत्याधुनिक अमेरिकन पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको गस्ती टोलीले नेगडा गाउँका ३० वर्षीय पप्पु यादवलाई पक्राउ गरेको हो।
नेगडा चोकमा बसिरहेका बेला आएको गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका यादवलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा चार राउण्ड गोली लोड रहेको मेड इन युएसए लेखिएको अत्याधुनिक पेस्तोलसहित यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनका प्रहरी निरीक्षक उमाशंकर सिंहले जानकारी दिए। प्रहरी निरीक्षक सिंहका अनुसार पक्राउ गरिएका यादवलाई पेस्तोलसहित राति १ बजे नै राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।
स्थानीयस्तरमा लुटपाट, चोरी, धम्क्याउने लगायतका घटनामा संलग्न रहेका यादव कुनै सशस्त्र समूहमा लागेको नखुलेको प्रहरी निरीक्षक यादवले बताए। पक्राउ गरिएका यादवलाई सोमबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय राजविराजमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »