स्वास्थ्य शिविरबाट सयौँ महिला लाभान्वित

प्रकाशित समय 6:25:00 PM
सप्तरी, १५ असार । गरिबीका कारण वर्षांैदेखि रोगव्याधि लुकाएर राख्न बाध्य तिलाठी गाउँका महिला बिहीबार गाउँमै आइपुगेका चिकित्सकसँग निःशुल्क स्वास्थ्य उपचार सेवा पाएर हर्षित भएका छन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण संसदीय समितिकी सभापति रञ्जु झाले गरिबीका कारण स्वास्थ्य उपचार गराउनबाट वञ्चित महिलालाई लक्षित गरी संसदीय विकास कोषमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएपछि उनीहरू हर्षित भएका हुन् ।विशेषगरी शिविरमा आङ खस्ने, प्रजनन् तथा पाठेघरको समस्याबाट पीडित महिलाको सङ्ख्या उल्लेखनीय देखिन्थ्यो । पीडित महिलाले गाउँमै आइपुगेका चिकित्ससँग खुलेर स्वास्थ्य समस्या राखेका थिए । शिविरमा दुईजना महिलालाई शल्यक्रियाका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको छ । शिविरबाट २३७ महिलाले विभिन्न रोग सम्बन्धी निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।अञ्चल अस्पतालका प्रमुख डा दिलीप साह, डा उषा देव, डा वीरेन्द्र यादवलगायत ११ सदस्यीय चिकित्सकीय टोली उपचारमा संलग्न हुनुहुन्थ्यो । शिविरमा दुई लाख २५ हजार मूल्य बराबरको औषधिसमेत बिरामीलाई निःशुल्क वितरण गरिएको थियो । संसदीय समितिकी सभापति झाले गरिबीका कारण उपचार गराउनबाट वञ्चित ग्रामीण भेगका महिलालाई सजिलो होस् भनेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »