मधेश आन्दोलनका घाइतेको मृत्यु

प्रकाशित समय 4:43:00 PM
काठमाडौं, ६ असार । मधेश आन्दोलनको क्रममा घाइते भएका दुखिलाल मेहताको उपचार अभावमा मृत्यु भएको छ । सुनसरी इनरुवाका ३८ वर्षीय मेहताको असार १ गते आन्दोलनमा घाइते भएका थिए । आर्थिक अभावका कारण उपचार नपाएपछि मेहताको मंग
लबार निधन भएको छ ।
मृतक मेहताको आठ जना छोरी छन् । जसमध्ये चार जनाको विवाह भइसकेको छ भने बाँकी चार जना घरको कामकाजमा छन् । आर्थिक अवस्था देयनीय भएकोले राम्ररी पढाउन नसकिएको मेहताका बुबा रौदी मेहताले बताए । उनले आर्थिक अवभावको कारणले छोराको उपचार गराउन नसकिएको बताए । मेहताको परिवारजनले घाइते भएपछि आन्दोलनकारी पार्टीहरुले कुनै खोज तलास नगरेको आरोप लगाएका छन् । आन्दोलनकारी अथवा राज्य पक्षबाट कुनै सहयोग नभएको उनीहरुको भनाइ रहेको छ ।
मंगलबार नै मेहताको दाहासंस्कार गरिएको छ । राजपाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गर्दै अन्तिम संस्कार गरेको हो । आन्दोलनको क्रममा महताको टाउकोमा चोट लागेको थियो । उनको उपचार विराटनरको विराट नरसिंह होम र नोबेलमा भएको थियो । उक्त अस्पतालले सिल्लीगुढीमा गएर उपचार गर्न आग्रह गरेको थियो । आर्थिक अवस्था कमजोर भएकोले मेहतालाई सिल्लीगुडी लग्न सकिएको थिएन ।
राष्ट्रिय जनता पार्टीकी स्थानीय नेतृ चुन्नी खातुनका अनुसार आर्थिक अवस्था कमजोर रहेको मेहताको उचित उपचार हुन सकेको थिएन । अवस्था गम्भीर हुँदासमेत मेहताको परिवारले जानकारी नगराउँदा उनको मृत्यु भएको हो । सुनसरीका मेहता र रौतहटका मेहरुदिन मियाँसहित तेस्रो मधेश आन्दोलनका तीन जना घाइतेको उपचार अभावमा मृत्यु भएको हो ।
यता राजपाले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ,‘मधेश आन्दोलनको क्रममा शहीद दुखीलाल मेहताको शहादत थपिएको छ । सरकारको यस्तो दमन र हत्याको प्र्रवृतिको राजपा नेपाल घोर भत्र्सना गर्दछ ।’ राजपाका संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा ‘शहीद दुखीलाल मेहताको बलिदानलाई सम्मान गर्दै, राजपा नेपाल उहाँको आत्माको चीर शान्तिको निमित्त परमेश्वर समक्ष प्रार्थना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक सम्बेदना व्यक्त गर्दै निज मेहतालाई शहीद घोषणा गर्न माँग गर्दछौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »