नेपाल पत्रकार महासंघको ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा गुप्ता

प्रकाशित समय 6:03:00 PM
 सिरहा, ३० जेष्ठ  । नेपाल पत्रकार महासंघ सिरहा शाखाको ८ औं अधिवेशनले दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा १५ सदसिय जिल्ला कार्यसमिति सर्वसम्मत गछ । शाखा उपाध्यक्षमा रामबाबु यादव, सचिव रोयाण्टर मण्डल, सहसचिव आशिष विश्वकर्मा र जागेश्वर यादव तथा कोषाध्यक्षमा मनोज बनैता सर्वसम्मत चयन भएका छन् । अधिवेशनले दश जना केन्द्रिय पार्सद र १३ जना प्रदेश पार्शद समेत सर्वसम्मत चयन गरेको छ । जम्मा ३८ पदमध्ये ३७ पद सर्वसम्मत चैन भएको थियो ।
उपाध्यक्ष पदका लागि मात्र तीन जना दावेदार रहेकाले निर्वाचन भएको थियो । निर्वाचनले अन्नपूर्णकर्मी रामबाबु यादवलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पुर्वाञ्चल उपसंयोजक गणेश लम्साल तथा केन्द्रिय सदस्य निलिफा सुब्बाको उपस्थिति रहेको थियो । नगनिर्वा्ति सवैलाई गए राती नै निर्वाचन सहितिले प्रमाणपत्र प्रदान गरिसकेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »