ट्याक्टर दुर्घटनामा एकको मृत्यु

प्रकाशित समय 7:22:00 PM
लहान, १० असार । सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुरस्थित डुमरीनहर सडक खण्डमा अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स १ त ४७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सनाखत हुन नसकेका अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक छेउमा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा किचेर युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »