केन्द्रिय सदस्यले माओवादी केन्द्र त्यागे

प्रकाशित समय 4:25:00 PM

गोलबजार,२८ जेष्ठ । गोलबजार नगरपालिका–३ का नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नगर प्रतिनिधी अविरमान थापाले पार्टी परित्याग गरेका छन् । नेतृत्वले पार्टीलाई एकलौटी ढंग विधान विपरित कार्य गरिरहेको उनले आरोप लगाएका छन् ।
विगत ३५ वर्ष सम्म थापाले कम्युष्टिको राजनीतिमा सक्रिय गोलबजार नगरपालिकामा प्रभावशाली मानिन्छ । जनतामा लोकप्रिय रहेका थापा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखमा पार्टी छोडेपछि माओवादीलाई ठुलो धक्का लागेका यहाँ वुद्धिजीविहरुको भनाई छ ।
तत्कालै कुनै पार्टी वा स्वतन्त्र रुपमा चुनाव नलडने उनले सुनाए । जनतामा जाँदै छु, जनताको आग्रह अनुसार अगाडी बढ्ने उनले बताए । पार्टी छोडे लगतै अरु पार्टीका नेताहरुले लामालाई आफ्नोमा भित्र्याउनका लागि धाइरहेका छन् । लामो समय कम्युनिष्टबाट राजनीति गरेकोले तत्कालै अर्को पार्टीमा नजाने तर, जनताको आग्रह भए स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडने उनले बताए । थापाले पार्टी छोडेपछि नेकपा माओवादी केन्द्र खेलावेला मचेका छन् । उनी मिथिला राज्य समिति सदस्य पनि हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »