राजपाले राजमार्ग अवरुद्ध पार्यो, माग पुरा नभए ‘महाभारत’ हुने चेतावनी

प्रकाशित समय 7:39:00 PM


गोलबजार, २५ जेष्ठ । राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार विहीबार मधेसका जिल्लाहरुमा दुई घण्टा राजमार्ग अवरुद्ध पारेको छ । संविधान संशोधन, मधेसीमाथि लगाएको मुद्दा फिर्ता, घाईतेको उपचार र मृतकलाई शहिद घोषणा गरी निर्वाचनमा जान दबाब स्वरुप राजमार्ग अवरुद्ध पारेर धर्ना दिएको हो ।
राजपा सिरहाका नेता तथा कार्यकर्ताहरु लहानस्थित पूर्वपश्चिम राजमार्गमा धर्ना दिए । धर्नाका कारण राजमार्गमा चल्ने सयौं सवारी साधन दिउँसो १ बजेदेखि ३ बजेसम्म अलपत्र परेका थिए । मधेसी जनताको माग पुरा नभए निर्वाचन विथोल्ने मधेसी नेताहरुले चेतावनी दिएका छन् । राजपाका यूवा नेता मनोज यादवले मधेसीको माग पुरा गरेर निर्वाचनमा जान सरकारलाई सुझाव दिए । उनले भने ‘माग सम्बोधन नगरी मधेसमा चुनाव गराउने प्रयास भए महाभारत हुन्छ ।’
त्यस्तै सप्तरी जिल्ला राजपाका नेता तथा कार्यकर्ताहरुले जिल्लाको कञ्चनपुर, महुली, सीतापुर, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा राजमार्ग अवरुद्ध पारेका हुन् । यसैगरी सदरमुकाम राजविराजको कुनौली मोड, रुपनी मोड मन्सापुरलगायतका स्थानहरुमा नाराबाजी गर्दै उनीहरुले सकड अवरुद्ध पारेका थिए । आन्दोलनको कारणले विहिवार पूर्व परिश्चम लोकमार्गमा चल्ने सवारीसाधनहरु थन्किन पुगेका थिए ।
जिल्लाको महुलीमा राजपाका नेता तथा कार्यकर्ताहरुले संविधान संसोधन लगायतका विभिन्न माग राखी सडकमा चक्काजाम गर्दै नारावाजी गरेका थिए । स्थानिय पार्टी कमिटिका अगुवा चण्डेश्वर यादव र कृष्णराज यादवको संयोजन तथा राजपाका केन्द्रीय सदस्य कुमारनाथ मिश्र, जिल्ला उपाध्यक्ष तेज नारायण यादव लगायत जिल्ला तथा गाउँस्तरिय नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । राजपाले संविधान संशोधन नगरेसम्म चुनाव हुन नदिने भन्दै आन्दोलन गर्दैआएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »