विश्व वातावरण दिवसको अवसरमा गोलबजार न.पा.मा विविध कार्यक्रम सम्पन्न

प्रकाशित समय 9:58:00 AM
गोलबजार, २४ जेष्ठ । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानिय निकायहरु मार्फत वातावरण सँरक्षणलाई प्रोत्साहित गर्दै वातावरणमैत्री स्थानीय विकासको अवधारणालाई सार्थक पार्न सञ्चालनमा ल्याएको वातावरणमैत्री स्थानीय शासन कार्यक्रम गोलवजार नगरपालिकामा पनि आ.व. २०७२÷२०७३ बाट कार्यान्वयनमा छ ।
घर परिवार देखि टोल तथा वडा हरुमा वातावरणमैत्री समाजको निर्माण गर्दै वातावरणमैत्री नगरपालिका घोषणा गर्ने दीर्घकालीन सोच रहेको कार्यक्रमको उद्देश्य हासिल गर्न विविध वातावरणमैत्री अभियान तथा क्रियाकलापहरु  सञ्चालन हुँदै आएको छ । यसै अवसरमा जनसङख्या तथा वातावरण मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समेत पत्रानुसार वातावरणमैत्री स्थानीय शासन कार्यक्रम गोलबजार नगरपालिकाले सन २०१७ को वातावरण दिवस (जुन ५) विविध कार्यक्रमहरु गरी मनाएको छ ।  साथै नगर सरसफाई तथा स्वच्छता समन्वय समिति गोलबजार नगरपालिकाको आयोजनामा राष्ट्रिय सरसफाइ सप्ताह २०७४ समेत संयुक्त रुपमा मनाईएको छ ।
नगरपालिकाले सो अवसरमा जेष्ठ १७ गते श्री जनता माध्यमिक विद्यालय, पुरानो चोहर्वा, गोलबजार न.पा. वडा नं. ८ मा नगर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता ुत्तगष्श ऋयmउभतष्तष्यलु कार्यक्रम सम्पन्न गरेको छ । वातावरण र सरसफाई क्षेत्रमा प्रश्नलाई प्राथमिकतामा राखी सम्पन्न प्रतियोगितामा नगर भरिका ६ वटै सामुदायिक विद्यालयहरु विचको प्रतिस्पर्धामा जनता माध्यमिक विद्यालय, गोलबजार, वडा नं. ४ ले प्रथम स्थान हाँसिल गर्न सफल हुँदा जनता माध्यमिक विद्यालय, पुरानो चोहर्वा, वडा नं. ८ दोस्रो र सरस्वती माध्यमिक विद्यालय, तेतरीया वडा नं. ३ तेस्रो स्थान हाँसिल गर्न सफल भयो ।
जनता माध्यमिक विद्यालय डण्डा–९, जनता माध्यमिक विद्यालय, बेतौना–१२ र श्री माध्यमिक विद्यालय, वल्कवा–११ ले सहभागिता मै चित्त बुझाउनु प¥यो । कार्यक्रमको अध्यक्षता जनता माध्यमिक विद्यालय पुरानो चोहर्वा–८ का प्रधानाध्यापक ब्रहमदेव प्रसाद सिंहले गर्नु भएको थियो । सोही अवसरमा जेष्ठ १८ गते श्री जनता माध्यमिक विद्यालय गोलबजार–४ मा नगर माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता ुम्चबधष्लन ऋयmउभतष्तष्यलु कार्यक्रम सम्पन्न भयो ।
चित्रकलाको शिर्षक ’पृथ्वी र वातावरण” थियो ।  नगर भरिका ५ वटा सामुदायिक विद्यालय हरु विचको प्रतिस्पर्धामा ३८ जना चित्रकार विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जनता माध्यमिक विद्यालय गोलबजार–४ का कक्षा ७ का छात्र सोनु कुमार महराले प्रथम स्थान हाँसिल गर्न सफल हुँदा जनता माध्यमिक विद्यालय पुरानो चोहर्वा–८ का कक्षा ९ का छात्र सुधिर कुमार सिंहले दोस्रो र जनता माध्यमिक विद्यालय गोलबजार–४ का कक्षा १० की छात्रा विभा कुमारी यादवले तेस्रो स्थान हासिल गर्न सफल भईन । सरस्वती माध्यमिक विद्यालय, तेतरीया–३ वाट शिक्षा वि.क. जनता माध्यमिक विद्यालय, बेतौना–१२ बाट रेखा कुमारी कामती,  र श्री माध्यमिक विद्यालय, वल्कवा–११ बाट राधा ठाकुर र जनता माध्यमिक विद्यालय–८ बाट रञ्जिता कुमारी मण्डलले सान्त्वना स्थान हाँसिल गर्न सफल हुँदा अन्य प्रतिस्पर्धीले सहभागिता मै चित्त बुझाउनु प¥यो । कार्यक्रमको अध्यक्षता जनता माध्यमिक विद्यालय गोलबजार–४ का प्रधानाध्यापक भक्त बहादुर राई ले गर्नु भएको थियो ।
यस वर्ष (२०१७) को विश्व वातावरण दिवसको नारा “प्रकृति सँगको हाम्रो सम्वन्ध, रहिरहोस अनन्त” रहेको थियो । जेष्ठ १६ देखि २२ सम्म मनाइएको राष्ट्रिय सरसफाई सप्ताह २०७४ को नारा भने “खुला दिशा मुक्त गर्नु छ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व” रहेको थियो । जुन ५ को अवसरमा वातावरणमैत्री प्रभातफेरी कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
वातावरणीय सचेतना फैलाउने अभिप्रायले निकालिएको वातावरणमैत्री ¥याली जनता मा.वि. वाट शुरु भई राजमार्गको गोलचक्कर वाट पुर्व निपनीया चोक वाट फर्केर गोलचक्क हुँदै पश्चिम प्रहरी चौकी अगाडी पुगी गोलबजार न.पा.कार्यालय परिसरमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा न.पा. का कर्मचारीहरु, सुरक्षा निकायका कर्मचारीहरु, नेवा, इकाड्स लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको करिब पाँच सय जनाको समुहले वातावरण सम्वन्धी सचेतनामुलक नाराहरु लगाउँदै र ब्यानर तथा सोकार्ड देखाउँदै बजार परिक्रमा गरेका थिए ।
कोणसभाको अवसरमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित आकर्षक पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट चित्रहरु प्रदर्शनी गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गदैै गोलबजार नगरपालिकाका वातावरणविद एवं अनुुगमन तथा मुल्यांकन अधिकृत राम प्रसाद गोतामेले वातावरणमैत्री स्थानीय शासनको प्रवद्र्धन गर्ने र पृथ्वी र प्रकृतिलाई बचाउन चेतना फैलाउने जस्तो महान अभियानमा संम्लग्न भएकोमा सम्पुर्ण सहभागीहरुलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
साथै यस अभियानमा विशेष रुपमा सहभागी  जनता माध्यमिक विद्यालय, गोलबजारका सम्पुर्ण शिक्षक वर्ग तथा विद्यार्थी भाईवहिनि हरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै सबै नगरवासीहरु मिलेर आ–आफ्नाो घर, टोल तथा वडा हरुलाई वातावरणमैत्री घोषण गरी सुन्दर हरीयाली शहर बनाउने कार्यमा लाग्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै नगरपाीलका का कार्यकारी अधिकृत (उप–सचिव) गिरीराज ज्ञवालीले वातावरण संरक्षण तथा सरसफाइ सुधारका कार्यक्रमहरुमा सम्पुर्ण नगरवासी र नगरपालीका संयुक्त रुपमा जुट्नु पर्ने बताएको थियो । प्रकृतिको उपयोग गरी विनाश गर्ने मानिस नै भएकाले यस्को संरक्षण गर्ने दायित्व पनि हाम्रै भएको बताउँदै सबैले हातेमालो गरी आफनो सहरलाई सफा, स्वच्छ र हराभरा राख्न अनुरोध गर्दै कार्यक्रम समापन गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »