धानको बीउ वितरण

प्रकाशित समय 7:40:00 PM
गोलबजार, २५ जेष्ठ । जिल्ला कृषि विकास कार्यालय, सिरहाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । बीउ उत्पादक कृषक समूहमार्फत सङ्कलन भएका विभिन्न छ जातका धानका बीउ सहकारी संस्थाको माध्यमबाट किसानलाई वितरण गरेको कार्यालय प्रमुख रामलखन मण्डलले जानकारी दिनुभयो ।
सिरहामा ७५ प्रतिशत अनुदानमा उन्नत जातका राम धान, ललका बासमती, सुखा ३ र सम्भा मन्सुली धानको बीउ वितरण गरिएको हो । जिल्लाभरिमा २० मेट्रिक टन बीउ वितरण गरिएको छ । ललका बासमती, स्वर्णासवन, सावित्री १२, सावा मन्सुली, हर्दिनाथ जातका धानका बीउ अनुदानमा वितरण गरेको कार्यालयले जनाएको छ । जिल्लामा ७६ हजार हेक्टर जग्गा धानखेती योग्य रहेको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »