पक्राउ पर्नेमा वृन्दावन गाउँपालिका ५ सखुअवा धमौराका ४० निसु राय यादव र ३५ बर्षका महेन्द्र राय यादव छन् । घरबाट गाँजा बिक्री गर्न गइरहेका दुवैजनालाई प्रहरीले शंका लागेपछि चेकजाँच गरेको थियो । दुवैजनाबाट प्रहरीले पाँच किलो गाँजा बरामद गरेको छ । दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी गराएका छन् ।
