दुई किलो चरेस र गाजासहित भारतीय नागरिक पक्राउ

प्रकाशित समय 6:24:00 PM
गोलबजार, १५ असार । सिरहाको लहान नगरपालिका १२ भोटिया टोल चोक नजिकबाट प्रहरीले बिहीबार बिहान दुई किलो प्रतिबन्धित लागूऔषध दुई किलो चरेस र करिब एक किलो गाजासहित भारतीय नागरिक पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार भारतको विहार राज्य सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत बस्ने भिगुनाथका छोरा वर्ष ३७ का श्यामसुन्दर प्रसादलाई चरेस र गाजासहित पक्राउ गरिएको हो। 
भोटिया टोल चोक नजिक गस्तीमा रहेको प्रहरीले शंकास्पद अवस्थामा देखिएका श्यामसुन्दरलाई नियन्त्रणमा लिएर शरीर र झोला खानतलासी गर्दा दुई किलो चरेस र नौ सय ८० ग्राम गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। पक्राउ गरिएका श्यामसुन्दरलाई हिरासतमा राखेर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »