
‘स्थानीय विकास अधिकारीज्यू कार्यालयमै रहँदा एक्कासी आउनुभएका उहाँले ढोकामा हिर्काउन थाल्नुभयो’ एक कर्मचारीले भने, ‘ढोकमा हिर्काउँदै भित्र जान थालेपछि पोखरेलज्यूको अँगरक्षक र हामीले भित्र गई ढोका लगाएर बचाएका छौं ।’
स्थानीय विकास अधिकारी पोखरेलले भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू विहीबार पिटाई खान सक्ने अवस्था आएको बताए । उनले तत्कालै कर्मचारीहरु आएकाले आफूलाई केहि नभएको सुनाए ।
उनले यादवको गाउँ लालापट्टीमा गएको योजनालाई लिएर आफूमाथि खनिएको बताए । गएको योजनामा काँग्रेसका नेता र उनीबीच द्वन्द्व रहेको बताउँदै आफू कसैको कुरा नसुनी वास्तविकता अनुसार काम गर्न खोजेपनि आफूमाथि दुव्र्यबहारको प्रयास भएको उनले सुनाए ।
सांसद यादवले आफूले त्यस्तो कुनै काम नगरेको दाबी गरे । पोखरेलले कांग्रेसका नेताहरुको मात्रै कुरा सुन्ने गरेको र आफूहरुको कुनै कुरा सुन्न नसकेको उनकत्त आरोप छ । उनले आफू यो कुरा भन्न मात्रै गएको दाबी गरे ।
